काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नु भएको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक गरिएको छ ।
‘‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् ।
दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व लेख्नु भएको गीतको भिडिओमा प्रधानमन्त्री ओली सरकारले गरेका कामहरुका केही फुटेजहरु समेटिएका छन् ।
गीतमा गायक एवम् संगीतकार योगीले नै अभिनय गर्नु भएको छ भने वीरेन्द्र भाटले निर्देशन गगर्नु भएको छ ।
https://youtu.be/gLsOo8_lUKw
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ सार्वजनिक भएको थियो । जेठमा सार्वजनिक भएको सो एल्वममा प्रधानमन्त्री ओलीले रचना गर्नुभएको ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गीत समेटिएको थियो । सो गीतमा गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको थियो ।