काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले हरेक वर्ष झै यस वर्ष पनि फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन गर्ने भएको छ ।
फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
जंगी अड्डा भद्रकालीमा हुने सम्मेलनमा पृतनापतिहरुबाट आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् भने जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए÷गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।


















