काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको दश लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले विकास गरेको सो खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिमको पहिलो चरणको १० लाख डोज खेप आइतबार काठमाडौं आइपुगेको हो ।
यसअघि भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । सो खोप पनि सिरम इन्स्टिच्युटकै उत्पादन ‘कोभिशिल्ड’ हो ।