काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीको केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
पार्टीले विधान संशोधनलगायतका निर्णयहरु निर्वाचन आयोगलाई जानकारी दिइसकेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलसहित पार्टीको आधिकारिक माइन्युट नै आफूहरुसँग रहेकाले ओली नेतृत्वको नेकपा नै वैधानिक हुने प्रवक्ता ज्ञवालीले बताएका छन् ।



















