काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार कुनै पनि प्रकारको धरौटी नलिइकन गर्न सबै सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयमा आयोजित पत्रकार व्रिफिङ कार्यक्रममा त्यस्तो निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
प्रवक्ता गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने सरकारी अस्पतालसँग स्पष्टीकरण सोधिएको पनि बताएका छन् ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत केही सरकारी अस्पतालले संक्रमितको उपचारका लागि धरौटी राख्नैपर्ने भन्दै सूचना जारी गरेका थिए ।



















