काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २ हजार ८२४ जना सङ्क्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्ये १ हजार ६२२ जना काठमाडौं उपत्यकाका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको छ । उनीहरु मध्ये ३७ हजार ७६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८ सय २४ जना पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।



















