काठमाडौं । नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । उनीहरु मध्ये ३८ हजार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।



















