काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । उनीहरु मध्ये हाल ३८ हजार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना सङ्क्रमित निको भएका छन् । आज निको भएका समेत गरेर एक लाख २४ हजार ८६२ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।





















