काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित दुई हजार ८५६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गर्दा दुई हजार ८५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।
उनीहरु मधये हाल हाल ४५ हजार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।



















