काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित २ हजार २२५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । उनीहरु मधये हाल ४६ हजार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।



















