काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरु मध्ये ४६ हजार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएका छन् । उनीहरु समेत गरेर हालसम्म १ लाख ५ हजार ४८८ सङ्क्रमित निको भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।






















