काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३७ थपिएका छन् भने ३ हजार २१५ यति निको भएका छन् । आज समेत गरेर संक्रमण मुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । ६९.२ प्रतिशत निको भएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल भाइरसको संक्रमण ४४ हजार ८७७ जनामा सक्रिय रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा २९० जना आइसीयू र ७७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।




















