काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितहरु ५ हजार ७४३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर सङ्क्रमितको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ जना पुगेको छ । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८.७ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




















