काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमत ३ हजार ७९० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर सङ्क्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या भने ४० हजार ७७८ जना छ । सक्रिय संक्रमितहरु होम र संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। यो कुल संक्रमितको ६९.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको छ ।



















