काठमाडौं । पछिल्लो २४ घण्टामा २९४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित समेत गरेर नेपालमा १ लाख ३२ हजार २४६ जना संक्रमित पुगेका छन् ।
हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारको लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३२६ सक्रमित निको भएका छन् । नेपालमा हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।



















