काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ हजार ६३८ थपिएको छ । उनीहरुमध्ये काठमाडौं उपत्यकाका १ हजार ४०३ जना छन् । उनीहरुमध्ये काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित थपिएका हुन ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख १७ हजार ९९६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हहार १७४ जना निको भएका छन् । आज समेत गरेर नेपालमा ८० हजार नौ सय ५४ जना निको भएका छन् ।
नेपालमा भाइरसका सक्रिय संक्रमित ३६ हजार ३६७ जना छन् । उनीहरु मध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५४८ छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएको थियो । त्यो संख्या सहित नेपालमा हालसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण भएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




















