काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका २ हजार १२९ जना छन् ।
आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमित संख्या १ लाख १५ हजार ३५८ जना पुगेको छ । उनीहरुमध्ये हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरुसमेत गरेर नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको संख्या ७८ हजार ७८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म नेपालमा १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण भएको छ ।




















