काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित ४ हजार ४७ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या १ लाख ११ हजार दुई जना पुगेको छ ।
मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा आज दिएको जानकारी अनुसार हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ होम आइसोलनसनमा १९ हजार ९५७ जना रहेको मन्त्रालयले नाएको छ । त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८३१ जना छन् ।
सक्रिय संक्रमित मध्ये २७९ जना आइसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ६९.१२ प्रतिशत छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।



















