काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित दुई हजार ७१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा एक लाख सातहजार ७५५ जना पुगेको छ ।
हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको र उनीहरु होम र संस्थागत आइसोलेसनमा बसेको बताइएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । उनीहरु समेत गरेर निको हुने संक्रमितको संख्या ७५ हजार ८०४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नेपालमा एक दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।



















