काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले १९ औं अनशन तोडेका छन् ।
सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेपछि डा. केसीले अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर आज विहान अनशन तोडेका हुन ।
शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गरेका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएर ट्रमा सेन्टरमा उपचारका लागि लगिएपनि उनी त्यहाँबाट स्वेच्छिक डिस्चार्ज भएर टिचिङ गएका थिए । त्यहाँ पुगेर उनले अनशनलाई निरन्तरता दिएका थिए ।
सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

केके भयो सहमति ?





















