काठमाडौं । नेपालमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेको छ । आज एकै दिन ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन पुष्टि भएको यो संख्या हालसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
सो परीक्षणबाट ५ हजार ८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित १ लाख ५ हजार ६८४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो । हाल ३० हजार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । १७ हजार १६४ जना होमआइसोलेसन र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् भने मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना, म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २र२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैदिन १४ जना संक्रमितको मृत्यु
त्यस्तै नेपालमा शनिबार एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको छ ।
सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।




















