काठमाडौँ । नेपालमा एकै दिन ४ हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर सङ्क्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ ।
हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म निको हुनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका समेत गरेर नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।






















