काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितहरु एक हजार ५५१ जना थपिएका छन् । उनीहरु मध्ये १०१७ जना काठमाडौं उपत्यकाका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छन् ।
त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार जना महिला र पाँच जना पुरुष गरी नौ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ जना पुगेको छ ।




















