काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४४० जना संक्रमित थपिएका छन् । आज थपिएका समेत गरेर सङ्क्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । त्यस्तै आज थपिएका संक्रमित मध्ये १५३१ जना उपत्यकाका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११३३ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका समेत गरेर ६५२०२ जना पुगेका छन् । जुन कुल सङ्क्रमितको करिब ७३ प्रतिशत हो ।
सक्रिय संक्रमितको संख्या २३५०७ जना रहेको छ । सक्रिय संक्रमित मध्ये ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन् ।




















