काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २५३ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो ।
पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।



















