काठमाडौ । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण भएको छ । जसले गर्दा सर्वोच्च अदालतको काम प्रभावित भएको छ ।
आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासका लागि मात्र पेशी तोकिएको बताइएको छ । सामान्य अवस्थामा सातवटा भन्दा बढी इलजास सञ्चालन हुने गरेको थियो ।
कतिजना न्यायाधीश र कर्मचारी संक्रमित भएको हो भन्ने सर्वोच्चलले खुलाएको छैन । सर्वोच्चले एक सूचना जारी गर्दै केही न्यायाधीशहरु र कर्मचारीहरुमा संक्रमण देखिएको जानकारी दिएको हो ।



















