काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरेर कुल सङ्क्रमित ८४ हजार ५७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार
सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।




















