काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितहरु दुई हजार ७ सय २२ थपिएका छन् । यो संख्या एकै दिन पुष्टि भएको हालसम्मकै धेरै हो ।
आज थपिएका समेत गरेर नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षण भएको थियो । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दशलाख ४८ हजार ६८६ पुगेको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी आनुसार संक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने ७३।६३ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार आइसोलेसनमा २१ हजार २३४ जना र क्वारेन्टाइनमा चार हजार ८८५ जना छन् । त्यस्तै २१० जना आसीयू र २९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका बताइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । मन्त्रालयका अनुसार मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।





















