काठमाडौं । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये ९४३ उपत्यकाका हुन । आज थपिएका समेत गरे नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल २१ हजारर ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो समेत गरेर डिस्चार्ज हुनेको संख्या ५७३८९ जना पुगेको छ ।
संक्रमित मध्ये २२० जनाको आइसियुमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै ५०७७ क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।





















