काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । भान्सेलाई कोरोना लागेपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सतर्कता अपनाई होम क्वारेन्टिनमा बसेका थापाको कोरोना पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।



















