काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ जना संक्रमित थपिएका छन् । सक्रमित मध्ये काठमाडौं उपत्यकाका ९०२ जना छन् । आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
सक्रिय संक्रमित २० हजार ८९१ रहेका छन् । सक्रिय संक्रमित मध्ये १० हजार ८०४ जना होम आइसोलेसनमा रहेका छन् भने १० हजार ८७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०५७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना मुक्त हुनेको संख्या ५६४२८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ जना पुगेको छ ।





















