काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३५१ जना संक्रमित थपिएका भएका छन् । आज थपिएका समेत गरेर कुल सङ्क्रमित संख्या ७४ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना निको भएर घर गएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ५४६४० जना पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेको छ ।
सकृय सङ्क्रमितको संख्या १९ हजार ६२४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये आईसीयुमा उपचार २२५ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।





















