काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय २३ वटा नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । आज थपिएका सङ्क्रमित समेत गरेर कुल सङ्क्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएकाहरुको संख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ भने २२५ जना आइसीयूमा रहेर उपचार गराइरहेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको संख्या १९ हजार १९ पुगेको छ भने क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।





















