काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम सेनापति थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै होम क्वारेन्टाइनमा बसेको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।



















