काठमाडौं । पहिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या ६८ हजार ८०४ पुगे छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएअनुसार हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन् । यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्।
योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.७ प्रतिशत छ।
हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।




















