काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख २३ हजार ८२३ वटा आरटी पीसीआर परीक्षण पुगेको छ।
मन्त्रालयले आज दिएको दैनिक प्रेस ब्रिफिङमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १ हजार ५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । उनीहरु समेत गरेर निको हुनको कुल संख्या ४७ हजार २३८ जना पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।
हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् । त्यस्तै आइसीयूमा १९६ जनाको र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा मृत्यु हुने संक्रमित हालसम्मकै धेरै हुन । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७ पुगेको छ ।





















