काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित १ हजार ३ सय २५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशका विभिन्न ४९ वटा प्रयोगशालामा ९ हजार ५ सय ८४ वटा आरटी पीसीआर परीक्षण भएको थियो । यो समेत गरेर नेपालमा ९ लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण भएको छ ।
मत्रालय अनुसार आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ९ सय ६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । संस्थागत आइसोलेसनमा नौहजार ७१ सहित आइसोलेसनमा कुल १७ हजार ४७८ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४५१ जना छन् ।
दश जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ । मृत्युदर शुन्य दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




















