काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुुसार हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन् भने ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।
त्यस्तै शनिबार १ हजार ४ सय ४७ जना निको भएका छन्। हालसम्म निको हुनेको संख्या ४५ हजार २६७ जना पुगेको छ । कुल संक्रमितको ७२ प्रतिशत निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ।
यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षिय पुरुष गरी ४ जनाको मृत्यु भएको छ।




















