काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षण भएको थियो । योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छ । सक्रिय संक्रमित मध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।
क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ ।





















