काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।आज थपिएका समेत गरेर नेपालमा ५९ हजार ५ सय ७३ संक्रमित पुगेका छन् ।
त्यस्तै पल्लिो २४ घण्टामा १२४३ निको भएर डिस्चार्ज भएका छन् । यो सहित ४२ हजार ९ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । ७२ प्रतिशत निको भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । आजसम्म १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । उनीहरु समेत गरेर नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?





















