काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा १४५९ जना संक्रमित थपिएका छन् । यो सहित नेपालाम संक्रमितको कुल संख्या ५६ हजार ७८८ जना पुगेको छ ।
त्यस्तै १०६२ डिस्चार्ज भएका छन् । आज समेत गरेर ४०६३८ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या १५७७९ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनीहरु मध्ये ८ हजार १३९ संस्थागत आइसोलेसनमा र ७ हजार ६४० जना होम आइसोलेसनमा छन् ।
भेन्टिलेर २९ र आईसीयु १७४ जनाको उपचार भइरहेको बताइएको छ । ७१.५ प्रतिशत निको भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । आज १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार २५० जना रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज ७ जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आज मृत्यु हुनेहरुमा सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौंमा ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।




















