काठमाडौँ । सिपाही वार्षिक–२०७६ र शिवपुरी जर्नलमा प्रकाशितमध्ये सहायकरथी सन्तोषबल्लभ पौडेलको नेपाली सेनाको पुर्नसरचनासम्बन्धी लेख÷ रचना उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई रु ५० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो ।
ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धीसम्बन्धी तथा प्रमुख सेनानी सुधिरप्रताप सिंहको एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्रसम्बन्धी लेख क्रमश ः द्वितीय र तृतीय घोषित भए । समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमशः रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गरियो । त्यस अवसरमा सात जना लेखकलाई सान्त्वना पुरस्कारस्वरूप जनही रु १०÷१० हजारसहित कदरपत्र प्रदान गरियो ।
प्रकाशित जर्नलमध्ये सिपाहीमा ३५ र शिवपुरीमा सात लेख रचना प्रकाशित छन् । रणनीतिक र सैनिक महत्वका विषयमा लेख रचना प्रेषित गर्दै प्रत्येक वर्ष प्रकाशन हुँदै आएको यी जर्नलले बौद्धिक र संस्थागत विकासमा योगदान पु¥याउँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



















