काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको चेक जाँच पीसीआर परीक्षण शुल्क घटाएको छ । मन्त्रालयले अब सरकारी तथा निजी अस्पतालहरुले दुई हजार रुपैयाँ मात्र पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ ।
मन्त्रालयले केही हप्ता अघि ४ हजार ४ सय तोकेको थियो । सरकारले ४४ सय तोकेपनि केही निजी अस्पताल तथा ल्यावहरुले २५ सयदेखि ४२ सयसम्ममा पीसीआर परीक्षण गर्दै आएका थिए । अब भने सरकारले पीसीआर परीक्षणको शुल्क सवै गरेर २००० रुपैयाँ तोकेका हो ।



















