काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०३९ संक्रमित थपिएका छन् । आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११७३ जना निको भइ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३८६८७ पुगेको छ ।
आज देशभरका प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गरिएको बताइएको छ । आज समेत गरेर ८४०५२७ को पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टिमा ६५३६ जना रहेका छन् । हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
संक्रमित मध्ये २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १६९ जनाको आईसीयुमा उपचार भइरहेको बताइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । आज समेत गरेर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।




















