काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ ।
अनुसार आजसम्म देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ। पछिल्लो २४ घण्टामा थप १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। प्रवक्ता गौतमका अनुसार निको हुनेको संख्या संक्रमितको ७०.६ प्रतिशत हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो समेत गरेर कोरोना भाइरसबाट मृत्यु हुनको संख्या ३३६ जना पुगेको छ ।



















