काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाला थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणमा थप १ हजार २४६ जना संक्रमित थपिएका हुन ।
प्रवक्ता गौतमका अनुसार देशभरमा कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।
पछिल्लो २४ घण्टामा ११ हाजर १४४ पीसीआर परीक्षण गरिएको बताइएको छ । योसँगै नेपालमा ८ लाख १० हजार ४८५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३१७ पुगे छ ।




















