काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ।
आज १० हजार २२९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार आजसम्ममा ६ लाख ५८ हजार ११० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार हाल १६ हजार १६ जना संक्रिय संक्रमित छन्। ६४४६ जना होम आइसोलेसनमा छन् भने ९५७३ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १६९ निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।




















