काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो। आज थपिएका समेत गरेर कुल संक्रमितको संख्या ३५ हजार ५ सय २० पुगेको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।



















