काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।
त्यस्तै पछिल्ले २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ।
आज १३ हजार २ सय ५३ जनाको नमुना परीक्षण गरिएको थियो । आजसम्मा ६ लाख ३५ हजार दुई सय ५२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । दुई महिला र ९ पुरुषको निधन भएको हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।



















