काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका समेत गरेर नेपाला संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।
त्यस्तै आज काठमाडौं उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।




















